राजनीति

पराजयलाई सहर्ष स्विकार्छु: अध्यक्ष थापा



मकवानपुर, ८ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गर्नुभएको छ ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका कमल थापाले हार स्विकार गर्नुभएको हो । उहाँ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)सँगको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । डिनाले सुरूदेखि नै अग्रता लिँदै आउनुभएको छ । बिहीबार बिहान ट्विट गर्दै कमल थापाले पराजयलाई सहर्ष स्विकारेको बताउनुभयो । पराजय भएपनि देश र जनताको हितमा सक्रिय रहिरहने उल्लेख गर्दै उहाँले मतदातालाई आभार व्याक्त गर्नुभयो ।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरूरी छ । प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारेपनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ ।’