समाचार

१० तोला सुन लुटपाट, पेस्तोलसहित ४ जना पक्राउ



काठमाडौँ, ८ मंसिर । काठमाडौँको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार लुटमा संलग्न आरोपमा सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखाना पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले त्यसबारे जानकारी गराउन बिहिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।