राजनीति

गठबन्धनकी पौडेललाई फराकिलो अन्तरमा हराउँदै सूर्य थापा बिजयी



प्यूठान, ८ मंसिर । प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित हुनुभएको छ । थापाले सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजीत गर्नुभएको हो ।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मतमा चित्त बुझाउनु पर्यो । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुनुहुन्छ ।

प्यूठानमा २०७४ सालको निर्वाचनमा पौडेलले जित्नुभएको थियो । नेकपा मशालका महामन्त्री मोहनबिक्रम सिंहकी कान्छी पत्नी पौडेल यसपटक कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेपनि एमालेका नेता थापासँग हारको नमिठो स्वाद चाख्नु परेको हो । थापाले पहिलो प्रयाशमै निवर्तमान सांसद पौडेललाई गठबन्धनका बावजुद पराजीत गर्नुभएको हो ।