राजनीति

रौतहट-१ बाट माधव नेपाल विजयी



रौतहट, ८ मंसिर । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रहेका माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता पराजित भए । उनले २६ हजार ९ सय २२ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका छन् ।