मनोरञ्जन

फ्राइडे रिलिज : हलमा लाग्यो ‘मिलन’



काठमाडौँ, ९ मंसिर । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलहरुमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ ।

टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापाको समेत अभिनय छ ।