शैक्षिक

एसईई परीक्षाको आवेदन फाराम खुल्यो



काठमाडौँ, ९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो । पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि परीक्षा आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने बोर्डले जनाएको छ ।