समाचार

बलात्कारकाे आरोपमा एक जना पक्राउ



दाङ, ९ मंसिर । दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको हो ।

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।