तनहुँ, १० मंसिर । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज घिरिङ गाउँपालिका–१ जगौलिटार स्थित कच्ची सडक खण्डमा बनटारबाट पुटारतर्फ आउदै गरेको लु ३९ प ५०९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घाटना हुदा सोही गाउँपालिका–१ पुटार बस्ने २२ वर्षीय सुनिल दरैको मृत्यु भएको हो ।
मोटरसाइकल सडकबाट ५० मिटर तल भीरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दरैको उपचारका क्रममा सेतीगंगा अस्पताल बेलचौतारामा मृत्यु भएको हो । अन्य दुई जना खुमबहादुर राना र रामबहादुर कुमाल भने सामान्य घाइते भएका छन ।










प्रतिक्रिया दिनुहोस्