समाचार

आजको मौसम



काठमाडौँ, ११ मंसिर । आज देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज प्रदेश १ र बागमतीका थोरै भूभागमा आंशिक बदली रहेको छ, भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज प्रदेश १ र बागमतीका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने आकलन गरिएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।