काठमाडौँ, १२ मंसिर । देशका उच्च पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
त्यस्तै आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।
तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ । विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छ । आज बिहान पौने ६ बजेको काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ ।










प्रतिक्रिया दिनुहोस्