राजनीति

थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव



काठमाडौँ, १२ मंसिर । काठमाडौँको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

महानगरपालिकाले डोजरसहित करिब ३०० नगर प्रहरी परिचालित गरी सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका हुन् । स्थानीय खुकुरी समेत लिएर प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीको ढुंगा लागी करिब २५ नगर प्रहरी घाइते भएको नगर प्रहरीले जानेको छ ।