अर्थ

निजी क्षेत्रको सरकारमाथि दबाब : समाधान नखोजे आन्दोलन गर्ने चेतावनी



काठमाडौँ, १४ मंसिर । मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्दै निजी क्षेत्रले राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको समीक्षाले समाधान दिन नसकेको बताएको छ ।

उद्योगी व्यवसायी र समग्र अर्थतन्त्रको सुधार गर्न सरकारलाई केही सुझाव दिँदै निजी क्षेत्रले समाधान नखोजिए अन्तिम विकल्प आन्दोलन रहेको बतायो । निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार ‘अर्थतन्त्र जोगाऔं’ शीर्षकमा गरेको पत्रकार सम्मेलमा अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र जटिल दुर्घटना नजिक पुगेको बताए ।

ब्याजदरको उतारचढाव राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक सहजता, अन्तर्राष्ट्रिय रुपमा अकासिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिस्टिक्स र फ्रेट शुल्कमा आएको वृद्धिका कारण अर्थतन्त्र दुर्घटनातर्फ जान थालेको उनको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।