रौतहट, १५ मंसिर । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले बताएका छन ।
उनीहरुको साथबाट १२ लाख ६४ हजार ८ सय स्रोत नखुलेको रुपैयाँ बरामद भएको एसपी कार्कीले जानकारी दिएका छन् । बरामद रूपैयाँ, उनिहरुले प्रयोग गरेको प्रदेश ३(०२(०१३ प ४९५६ नम्बरको मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्