शैक्षिक

इन्टरनेसनल दीक्षान्त समारोह सम्पन्न



विराटनगर, १५ मंसिर । विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह २०२२ सम्पन्न भएको छ ।

बिएस्सी (अनर्स) इन्टरनेसनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविष्यमा नयाँ कामको खोजी गर्न सक्ने कलेजले जनाएको छ ।

बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह–उपकुलपति टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।