नवलपुर, १५ मंसिर । नवलपुरको धौवादीमा जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ज-०००६ नम्बरको जीप धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो ।
हुप्सेकोट गाउँपालिका वडा नं ५ स्थित कान्छीपानीमा साँझ ५:२० बजे जीप दुर्घटना हुदा जीपपमा सवार ८ जनामध्ये ३ जनाको घटनास्थलमै मृत्यु भ्येको छ । दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।










प्रतिक्रिया दिनुहोस्