सम्पादकीय

हिरासतमै कठोर यातना दिएपछि ढाड र फिलामा रगत जम्यो



काठमाडौं, १९ जेठ । प्रहरीले पाँच जनालाई हिरासतमै यातना दिएको छ । धादिङ, चिरौंदी ७ का होटल व्यवसायी कृष्ण गुरुङ, निर्मल नेपाल, सन्तोष यादव, अंकित तामाङ र सूर्य प्रजालाई हिरासतमै कुटपिट गरिएको हो ।

कुटपिटबाट घाइते सबैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतलाका अनुसार पीडितहरुको ढाड र फिलामा रगत जमेको छ । तिघ्रा र पिँडुलामा सुम्ला देखिन्छ ।

पीडित व्यापारीले यातनामा संलग्न प्रहरीविरुद्ध स्थानीय प्रशासनमा उजुरी दर्ता गराएका छन् । जोगीमाराको मझिमटारस्थित प्रहरी चौकीका इन्चार्ज नायब निरीक्षक राजु पौडेलले हतकडी लगाएर घोप्टो पारेर बाँसको लठ्ठीले पिटेको उजुरीमा उल्लेख छ ।  कान्तिपुरमा समाचार छ ।