शैक्षिक

अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गरे कारबाही



काठमाडौँ, १९ मंसिर । चिकित्सा शिक्षा आयोगले अनुमति नलिएका विधामा विद्यार्थी भर्ना गर्न लागेको भन्दै केही शैक्षिक संस्थाहरूलाई कारबाहीको चेतावनी दिएको छ ।

आयोगले आइतबार सूचना जारी गर्दै केही शैक्षिक संस्थाले आयोगबाट अनुमति नलिएका विधामा भर्ना आह्वान गरेको पाइएको भन्दै यस्तो चेतावनी दिएको हो ।