काठमाडौँ, २० मंसिर । समानुपातिकतर्फको गणना पनि लभगभ अन्त्यतिर पुगेको छ । जसअनुसार मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ । १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६ प्रतिशत मत पाएको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २१८ अर्थात २४.७० प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ११ लाख ९६ हजार ९० अर्थात ११.११ प्रतिशत मत प्राप्त गरेको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ अर्थात १०.७३ प्रतिशत मत पाएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ अर्थात ५.६० प्रतिशत, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९५४ अर्थात ४.०२ प्रतिशत र जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ अर्थात ३.७७ प्रतिशत मत प्राप्त गरेका आयोगले जनाएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० अर्थात २.८८ प्रतिशत मात्र मत प्राप्त गरेसंगै राष्ट्रिय पार्टी नबन्ने करिब निश्चित भएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४ अर्थात २.५० प्रतिशत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९० अर्थात १.६० प्रतिशत मत प्राप्त गरेका छन् । अन्य दलले १ लाख भन्दा कम मत ल्याएका छन् । प्रत्यक्षतर्फ १ सिट जितेको नेपाल मजदुर किसान पार्टीले ७५, हजार ७९ समान १ सिट जितेको राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०४ पाएका आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्