अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९८ हजारमा ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।