मनोरञ्जन

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने



काठमाडौँ, २० मंसिर । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, युएस खबर र आर्यन फिल्म्स लगायतका संस्थासँग सहकार्य गर्दैछ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।