राजनीति

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक शनिवार बस्ने



काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते शनिवार बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशअनुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।