राजनीति

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक : मन्त्री चौधरी



काठमाडौँ, २२ मंसिर । सहरी विकासमन्त्री मेटमणि चौधरीले गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

आज नेपाल निर्माण व्यवसायी महासंघले १५औँ निर्माण दिवसका अवसरमा गरेको एक कार्यक्रममा बोल्दै उनले भौतिक निर्माणको क्षेत्रमा धेरै चुनौतीहरू रहेको भन्दै त्यसलाई सरकार र निजी क्षेत्र मिलेर सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् ।

उने भने, “भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्जहरू छन्, गुणस्तरका कामहरू नहुने कुरा, समयमा नसकिने कुराहरू छन्, यसलाई सम्बोधन गर्न जरुरी छ । हाम्रो पनि यसमा जवाफदेहीता छ ।” उनले भौतिक निर्माणका लागि आवश्यक रकम उपलब्ध गराउने बारेमा सरकारले ध्यान दिनुपर्ने औँल्याए । “पैसा उपलब्ध गराउने कुरामा पनि सरकारले ध्यान दिनुपर्छ,” उनले भने, “जबसम्म हामी सरकार पक्ष र निर्माण व्यवसायी दुवै पक्षको बीचमा संयोजन हुन सक्दैन, त्यस बेलासम्म भौतिक निर्माणका ठूला काम सम्पन्न हुन सक्दैनन् ।”