राजनीति

देउवा प्रधानमन्त्री बन्ने लयमा ज्योतिषी पथ पछ्याँदै



उपेन्द्र केसी

अन्तत नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । सत्ता गठबन्धनको नेतृत्व गर्दै निर्वाचनमा वहुमत ल्याउने उद्देश्यका साथ कांग्रेस निवाचनमा गएको थियो । कांग्रेसले सोचे जस्तो गठबन्धनको वहुमत नआए पनि संसदमा पहिलो पार्टी भएका कारण कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुने सम्भावना वलियो देखिएको छ । त्यसो त निर्वाचनमा पहिलेको तुलनामा जनमत गुमाएका गठबन्धनक पार्टनर माओवादीका अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री हुने आंकाक्षा प्रकट गर्न थालेका छन् । उनले यो निर्वाचनमा माओवादी निर्णायक शक्ति हुने र त्यसपछि खेलोफड्को गर्दै प्रधानमन्त्री हुन देखेको सपना मात्रै सपनामा सिमित भयो । अर्थात माओवादीको यो निर्वाचनमा अपेक्षा गरे अनरुपको परिणाम आएन । प्रचण्डको पार्टी माओवादीलाई सरकारको नेतृत्व होइन, सरकारमा सहभागी हुने जनमत समेत प्राप्त छैन । त्यसैले पनि होला प्रचण्डले खुल्लम –खुल्ला सरकारको नेतृत्व गर्ने कुरा भन्न सकिरहेका छैनन । निरन्तर गठबन्धनको पक्षमा वोलिरहनु वाहेक हाल उनको पक्षमा अर्को विकल्प पनि छैन । त्यसैले पनि फेरी पनि सरकारको नेतृत्व कांग्रेसका पार्टी सभापति एव प्रधानमन्त्री शेरवहादुर देउवाले नै गर्ने प्रवल सम्भावना देखिएको छ ।

कांग्रेस पार्टी भित्रैवाट महामन्त्री गगन थापा लगायतका आधा दर्जन नेताहरुले प्रधानमन्त्रीका लागि आंकाक्षा राखे पनि देउवाले चाहे सम्म कांग्रेसमा फेरी पनि देउवा नै हुने छन् । कांग्रेस संसदीय दलको नेता जो चुनिए पनि उही नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले देउवा नै संसदीय दलको फेरी नेता हुने सम्भावना बलियो रहेको छ । देउवाले आफू प्रधानमन्त्री हुने डिजाइनका साथ कांग्रेसमा उनले टिकट वितरण गरेको र निर्वाचित भएर आउने सांसद पनि देउवा निकट नै धेरै रहेका कारण देउवा नै संसदीय दलको नेता चुनिने सम्भावना बलियो देखिएको छ । कांग्रेसमा देउवाले चाहे सम्म अरु नेताहरुले संसदीय दलको नेता हुन देखेको रहर मात्रै रहर मै सिमित हुने देखिएको छ ।

त्यसो त उनले प्रधानमन्त्री अरु कसैलाई बनाउनका लागि गठबन्धन गरेको पनि होइन । देउवा आफै प्रधानमन्त्री हुनका लागि यो गठबन्धन गरेका हुन । देउवाको नेतृत्वमा कांग्रेस निर्वाचनमा गएको र निर्वाचनमा कांग्रेसले सफलता हासिल गरेका कारण पनि देउवालाई साइड लगाएर कांग्रेस भित्रबाट अरु संसदीय दलको नेता हुने सम्भावना पनि न्यून छ । कांग्रेसको ससदीय दलमा देउवा नै बलियो भएका कारण गगन लगायतको संंम्भावना कम देखिएको हो ।

देउवालाई ज्योतिषिले फेरी पनि प्रधानमन्त्री हुने योग छ, भनेपछि उत्साहित भएर उनले निर्वाचन आयोगले दिएको तिथि –मितिमा होइन, ज्योतिषिले दिएको तिथिमा निर्वाचन घोषणा गरेको तथ्य विर्सन हुन्न ।सबैलाई थाह छ,आयोगले मंसिर २ गते सुझाएको थियो,ज्योतिषिले ४ गते ।
देउवाले गठबन्धनको गलपासो प्रचण्ड वा नेपाली कांग्रेसकै अरु कोहीलाई प्रधानमन्त्री बनाउनका लागि फ्याँकेकै हुँदै होइन । त्यो उनी आफै फेरी पनि प्रधानमन्त्री बन्न बुनेको जालो हो । देउवाले आफू वाहेक अरु कोहीलाई राजनीतिक लाभ हुने हिसाबले गठबन्धनको कसरतलाई निरन्तरता दिएका पनि होइनन । त्यसैले देउवाले प्रधानमन्त्री पद अरु कसौलाइृ छोड्लान भने कुरामा विश्वास गर्न सकिदैन ।

देउवाले चाहेको गठबन्धन पार्टी स्वार्थमा होइन, मात्र सत्ता स्वार्थमा केन्द्रित छ । हिजो टाउँको काट्ने र काटिने बीचको यो गठबन्धन राजनीतिक सिद्धान्तको जगमा बसेको पनि होइन । न त मुलुक निर्माणको स्वार्थमा नै यो गठबन्धन जोडिएको हो । यो गठबन्धन व्यक्तिगत राजनीतिक महत्वकाक्षा र सत्ता स्वार्थको सुखभोग उपभोग गर्ने सोचका साथ निर्माण भएको हो । यो गठबन्धनले मुलुकलाई सम्वृद्धिको दिशातर्फ लैजान्छ भन्ने ठान्नु,उल्टो यात्रा हिडेर या दौडिएर गन्तब्य पुगिन्छ भनेर दिउँसै सपना देख्नु जस्तै हो ।

के –के ग¥यो भने फेरी पनि प्रधानमन्त्री हुन सकिन्छ, त्यसै अनकूलको वातावरण निर्माण गर्न देउवा आफ्ना सहयोगीका साथ लागि परिसकेका छन । । त्यसैले उनी फेरी पनि प्रधानमन्त्री पद प्राप्तीका लागि हुने नहुने जे र जस्तो सुकै कार्य गर्न पनि पछि पर्ने छैनन । देउवाले पद प्राप्तीका लागि विगतमा पनि विकृति र विसंगतिको माला लगाएर तत्कालिन व्यवस्थालाई दुर्नाम गरेको थिए । त्यसैले उनले अहिले सजिलै आफ्नो मुखमा आएको पद प्रचण्ड, गगन वा अरुका लागि सजिलै छाड्लान्न भन्ने कुरा कल्पना समेत गर्न सकिन्न ।
देउवा फेरी पनि प्रधानमन्त्री हुन ज्योतिषीको मार्गदृष्टि पछ्याउँदै छन । उनलाई पार्टीभित्र र वाहिरका सहयोगीहरुले ताली पिट्दै उत्साहित पारिरहेका छन । उनको दृष्टी फेरी पनि प्रधानमन्त्रीको कुर्सी भन्दा दायाँ–वायाँ छैन । उनले चाल्दै आएका हरेक कदम फेरी पनि प्रधानमन्त्री बन्ने लाइनमा भएको देख्न जो कोहीलाई गाह्रो पर्देन ।