समाचार

कालीकोटमा आयोडिनयुक्त नुनको अभाव



काठमाण्डौ, २३ मंसिर । कालीकोटमा आयोडिनयुक्त नुनको अभाव भएको छ । आयोडिनयुक्त नुन वितरण गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय मान्ममा आयोडिनयुक्त नुन सकिएका कारणले नुनको अभाव भएको हो ।

कालीकोटमा साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो । चालु आर्थिक वर्षमा आयोडिनयुक्त नुन ढुवानीको जिम्मा लिएको नमूना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गर्नुपर्नेमा अहिलेसम्म ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय कालीकोटले जनाएको छ ।

‘अहिले डिपोमा आयोडिनयुक्त नुन पनि सकिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले बिक्री गर्दै आएको सहुलियतको नुन ढुवानीको जिम्मा लिएको ठेकेदार कम्पनीले ढुवानी नगर्दा नुनको अभाव भएको हो ।’