राजनीति

सुकुम्बासी नहटाउन दलका भातृ संगठनहरूको दबाब



काठमाडौँ, २३ मंसिर । थापाथलीस्थित बागमती किनार आसपासका सुकुम्बासी बस्ती खाली गराउने काठमाडौं महानगरपालिकाको अभियान बिफल बनाउन राजनीति दलले दबाब दिन सुरु गरेका छन् ।

प्रमुख राजनीतिक दल सम्बन्द्ध आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा)आखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), आखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकालेर सुकुमबासी बस्ती खाली नगर्न दबाब दिएका छन् । दलहरूले सुकुम्बासी समस्या समाधानका नाममा तीन दशक लामो समय खर्च गरेपछि समस्या झनै बल्झिँदै गएको छ ।

निर्वाचनका बेला सुकुम्बासीको सामूहिक भोट बैंक देखेका दलहरूले यो समस्यालाई सधै बल्झाएर आफ्नो स्वार्थ पूरा गर्न चाहेको देखिन्छ । यो समाचार आजको कारोवार दैनिकमा छ ।