Banner News

एमाले सचिवालय बैठक स्थगित



काठमाडौँ, २३ मंसिर । नेकपा एमालेले आज शुक्रबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो १ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति र समयबारे छलफल भइरहेको भन्दै निश्चित भएपछि जानकारी दिने उनले बताए ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची मागेपछि त्यसबारे निर्णय गर्न एमालेले आज बैठक बोलाएको थियो ।