राजनीति

राजदूत खड्काद्वारा पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश



काठमाडौँ, २३ मंसिर । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै पोलिस जनताको शान्ति, निरन्तर प्रगति एवं सम्बृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए । राजदूत खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रपति, सरकार र पोलिस जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना समेत व्यक्त गरेका थिए ।

खड्काले सैनिकहरूको समाधि स्थलमा श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण तथा स्मृति पुस्तकमा हस्ताक्षर गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।