काठमाडौँ, २३ मंसिर । काठमाडौँको टोखा नगरपालिका–८ ग्रीनल्याण्ड एरियाबाट संरक्षित वन्यजन्तु चितुवाको छाला आखेटोपहार एक थानसहित एकजना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान व्युरो महाराजगंजबाट खटिएको प्रहरीले उदयपुर ताप्ली गाउँपालिका–२ बस्ने ५० वर्षीय मदनबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्