राजनीति

राप्रपामा समानुपातिकतर्फ जबरा ‘फाइनल’



काठमाडौँ, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरुषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पहिलो पुरुषमा जबराको नाम टुंगो लगाइएको हो । राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ । त्यसमध्ये पाँच महिला सांसद हुनेछन् ।