काठमाडौँ, २५ मंसिर । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ । यस्तै तीन जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्