राजनीति

प्रधानमन्त्री देउवाद्वारा भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न आग्रह



काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

आज काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सबलीकरण हुने गरी कानुनहरूको निर्माण गर्ने काममा ढिलाइ गर्न नहुने स्पष्ट पारे । जनसेवाको कामलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाइ, भेला, घरदैलो सेवा, हेलो सरकारलगायत सबै सार्वजनिक सेवाहरूलाई प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए