समाचार

धनुषामा एक महिलाकाे बीभत्स हत्या



जनकपुरधाम, २६ मंसिर । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएको छ ।

रितादेवीको हत्याको समयमा उनका श्रीमान् वीरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो ।