काठमाडौँ, २६ मंसिर । युरोपेली देश टर्कीले काठमाडौँमाँ आफ्नो दूतावास खोल्ने भएको छ ।
अहिलेसम्म भारतको दिल्लीमा रहेको टर्की दूतावासले नेपाललाई पनि हेर्दै आएकोमा अब काठमाडौँमा खोल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत काभुसोग्लुबीच गएको शुक्रबार टेलिफोन संवादमा यस विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारेमा प्रष्ट पारेको हो ।










प्रतिक्रिया दिनुहोस्