समाचार

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु



अर्घाखाँची, २६ मंसिर । अर्घाखाँचीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार भुमिकास्थान नगरपालिका वडा नम्बर २ खाकाबेशीबाट बालुवा बोकेर ढाकावाङ्गतर्फ जाँदै गरेको लु ४ त १२२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परि चालक भुमिकास्थान नगरपालिका वडा नम्बर २ ठुलाखर्कका ३५ वर्षिय ठाकुर पाण्डेको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका चालक पाण्डेको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि १५० मिटर तल खसेको छ ।