काठमाडौँ, २६ मंसिर । जाजरकोटमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप छेडागाड नगरपालिका–५ भिरपाटी सडकबाट खसेर दुर्घटनामा परेको हो । जिपमा १० जना सवार रहेको बताइएको छ ।
आठजना मृत्यु भएको र दुईजना घाइते भएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
घटनास्थलमा प्रहरी खटिएको र थप विवरण आउन बाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्