समाचार

काभ्रेमा जन्तीबस दुर्घटना : कम्तीमा १३ जनाको मृत्यु



काभ्रे, २७ मंसिर । जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा जन्ती बस दुर्घटना भएको छ ।

प्रहरीका अनुसार बेथानचोकबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको बस दुर्घटनामा हुदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन् ।

घाइतेलाई उद्दार धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।