समाचार

आजको मौसम



काठमाडौँ, २८ मंसिर । देशभर आज सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा तराईमा केही समय यता हुस्सु र कुहिरो लाग्दै आएको छ । आज पनि हुस्सु र कुहिरो छ घाम लाग्दै गएपछि हुस्सु र कुहिरो पनि हट्दै जानेछ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । त्यस्तै आज राती प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ ।

त्यस्तै काठमाडौँमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए । नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन ।