काठमाडौँ, २८ मंसिर । लियोनल मेसीले जर्मनीका लोथर म्याथुसको नाममा रहेको विश्वकपका सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेको खेलमा मंगलबार अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।
यो खेलसँगै मेसीले यसअघि लोथरको नाममा रहेको विश्वकपमा २५ खेल खेलेको कीर्तिमानसँग बराबरी गरे । यसबाहेक मेसीले विश्वकपमा अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाए । विश्वकपमा ११ गोल पुर्याएका मेसीले यसअघि बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोडेका हुन् ।
खेलको ३४ औँ मिनेटमा कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।










प्रतिक्रिया दिनुहोस्