राजनीति

देव गुरुङले भेटे अध्यक्ष ओलीलाई



काठमाडौँ, २८ मंसिर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीलाई भेट्न गुरुङ मंगलबार साँझ उनको निवास बालकोट पुगेका थिए । निर्वाचन जितेकामा बधाई तथा शुभकामना दिनका लागि मात्र आफू भेट्न गएको गुरुङ बताए । नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला एमाले अध्यक्ष र माओवादी महासचिवको सो भेटलाई महत्त्वका साथ हेरिएको छ । तर, उनले सरकार निर्माणका बारेमा छलफलै नभएको जिकिर गरे ।