समाचार

मोरक्कोलाई हराउँदै फ्रान्स फेरि फाइनलमा



काठमाडौँ, २९ मंसिर । दोस्रो सेमिफाइनलमा बुधबार मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि अब आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ । कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।

जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ । यसअघि विश्वकपको इतिहासमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक विश्वकपको फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् ।