काठमाडौँ, १ पौष । निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ । आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरू गर्ने जनाएको छ ।
कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेर संसद्को पहिलो ठूलो दल बनेको छ ।संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने बताइएको छ । कांग्रेसमा संसदीय दलको नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।










प्रतिक्रिया दिनुहोस्