Banner News

२४ घण्टामा कोरोना संक्रमितको संख्या शून्य, एक जना डिस्चार्ज



काठमाडौँ, १ पौष । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ४५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ जना रहेका छन ।

मन्त्रालयका अनुसार १ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय १२ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।