समाचार

एक वर्षमा दर्जन बढी औषधि बजारबाट फिर्ता



काठमाडौँ, १ पौष । मापदण्डअनुसारको गुणस्तर नपाइएपछि सरकारले एक वर्षमा एक दर्जनभन्दा बढी औषधि बजारबाट फिर्ता (रिकल) गराएको छ ।

औषधि व्यवस्था विभागको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बर १५ सम्म मात्रै १५ वटा औषधिका विभिन्न ब्याच बिक्री वितरणमा रोक तथा बजारबाट फिर्ता गरेको छ । गुणस्तर मिट नगर्नेमा ६ वटा भारतीय र पाँच नेपाली कम्पनी रहेका छन् ।

बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा ती औषधिहरू न्यून गुणस्तरका पाइएपछि रिकल गरिएको विभागले जनाएको छ ।