अर्थ

घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ, १ पौष । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

भारतबाट पेट्रोलको मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।