राजनीति

राजनीतिमा नयाँ जन्म लिएँ : महामन्त्री शर्मा



काठमाडौँ, ७ पौष । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आजदेखि आफ्नो नयाँ राजनीतिक जन्म भएको बताएका छन् ।

आज प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पहिलोपटक सांसदको शपथ लिँदा आफूले जनताका विषयहरुलाई गम्भीरताका साथ लिएको बताए ।

उनले भने, “म पहिलोपटक सांसदको रुपमा शपथ लिएर आएको छु । शपथ लिँदै गर्दा अक्षरहरु पढ्दै गर्दा लेखिएका अक्षरमा म केन्द्रित थिएँ । जन्मदिनकै सेरोफेरोमा यी गतिविधिहरु भएका छन्, “जन्मदिनकै सेरोफेरोमा मैले राजनीतिक रुपमा अर्को जन्म भएको महसुस गरेँ । मैले इमान्दारीतापूर्वक कार्य गर्नुपर्छ ।”