काठमाडौं, २० जेठ । मेडिकल कलेजलाई सम्वन्धन खोल्ने बुधबारको मन्त्रिपरिषको निर्णयबाट सरकार पछि हटेको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले पुन मेडिकल कलेजलाई सम्वन्धन नदिने निर्णय गरेको हो ।
शुक्रबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीसँग १० औं अनशनको क्रममा भएको सम्झौता पढेर सुनाउँदै सरकारले नयाँ सम्वन्धन दिने निर्णय गर्नै नहुने भन्दै आपत्ति जनाएका थिए ।
सो लगत्तै कांग्रेसका तर्फबाट केही मन्त्रीहरुले समेत डा. केसीसँग सम्झौता गरि हालै निर्धारित अनशन समेत टरेको अवस्थामा सम्वन्धन खोल्न नहुने बिचार राखेपछि प्रधानमन्त्री पछाडि हटेका हुन् ।
मन्त्रिपरिषदले वुधबारको निर्णय तत्काल कार्यान्वयन नगर्ने भन्दै शुक्रबार नयाँ निर्णय गरेको हो । झापा स्थित वि एण्ड सी मेडिकल कलेजलाई सम्वन्धन दिन प्रधानमन्त्रीले गत वुधबार सम्वन्धन खोल्ने निर्णय गराएका थिए । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्