सुर्खेत, ८ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा ओझेल पारेको बताउनुभएको छ । उहाँले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताउनुभयो ।
पत्रकार महासंघको साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘प्रविधिले ल्याएको परिर्वतनलाई नराम्रो भन्न मिल्दैन । तर,पत्रकारिता आचारसंहिताको पालना र यसमा देखिएको समस्या समाधानको पहल गर्नु आवश्यक रहेको छ । ’
उहाँले विचार र अभिव्यक्ति स्वतन्त्रतको सम्मान राज्यले गर्नुपर्ने बताउनुभयो । सूचनााको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष रहेको भन्दै उहाँले महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्