राजनीति

सरकारी वकिलहरू व्यावसायिक र क्षमतावान् हुन आवश्यक: प्रधानमन्त्री देउवा



काठमाडौँ, ८ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन ।

आज शुक्रवार काठमाडौँमा सुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फौजदारी शासन कायम गर्न देशको विद्यमान कानुनको निष्पक्ष र प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेकाे बताए ।

उनले कानुन बमोजिम आफूले सम्पादन गर्नुपर्ने काम कुनै पनि किसिमको दबाब, प्रभावमा नपरि निष्पक्ष, स्वतन्त्र र व्यावसायिकरूपमा सम्पादन गर्न सरकारी वकिलहरूलाई निर्देशन दिए ।