मनोरञ्जन

‘भ्वाइस अफ नेपाल’ चौंथो सिजनका विजेता करण राई घोषित



काठमाडौँ, ८ पौष । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनको विजेता टिम राजु (राजु लामा)बाट करण राईले जितेका छन् ।

आज बेलुका भएको ग्रान्ड फिनालेमा रियालिटी शो ‘द भ्वाइस अफ नेपालको’को चौथो सिजनमा भिड्दै उनले जितेका हुन् ।

आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।