Banner News

गठबन्धन नटुटेसम्म एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी हुँदैन : ईश्वर पोखरेल



धनकुटा, ९ पौष । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नटुटेसम्म नेकपा एमाले नयाँ सरकार निर्माणकाे प्रक्रियामा सहभागी नहुने बताएका छन ।

आज शनिवार प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेकाे गठबन्धन लोकतन्त्र, देशको हितमा नरहेकाले एमाले सरकारी बनाउने खेलमा नरहेको बताए ।

गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने उनले बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश समितिले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा शहीदभूमि गाउँपालिकाको शहीदपार्कमा आयाेजना गरेकाे शहीद परिवारलाई सम्मान कार्यक्रममा पोखरेलले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ ।